Exodus 14:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “समुद्रमाथि आफ्‍नो हात पसार्‌ र मिश्रीहरू र तिनका रथ र सारथीहरूमाथि पानी उर्ली आउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात समुद्रमाथि पसार्, र मिश्रीहरू र उनीहरूका रथहरू र घोड़चढ़ीहरूमाथि त्‍यो पानी फेरि बढ़ेर आओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मोशालाई भन्‍नुभयो, “पानी फेरि इजिप्टियनहरू, तिनीहरूका रथहरू र घोडसवारहरूमाथि पछिल्तिर फर्केर ओइरियोस् भनेर तेरो हात समुद्रमाथि पसार्।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “समुद्रमाथि तिम्रो लहुरो उठाऊ जसले गर्दा पानी मिश्रहरूका घोडाहरू र रथहरूमाथि फर्केर जाऊन्।”