Exodus 14:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले समुद्रमाथि आफ्‍नो हात पसारे र बिहान हुँदा पानी आफ्‍नो सधैँको ठाउँमा फर्की आयो। मिश्रीहरू पानीबाट भाग्‍न खोजे तर परमप्रभुले तिनीहरूलाई पानीमै फाल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले आफ्‍नो हात समुद्रमाथि पसारे, र बिहान उज्‍यालो हुँदा समुद्र फेरि फर्केर आफ्‍नो ठाउँमा आयो। मिश्रीहरू त्‍यसको विपरीत दिशातिर भाग्‍न लागे, तर परमप्रभुले मिश्रीहरूलाई समुद्रमै फ्‍याँकिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले आफ्ना हात समुद्रमाथि पसारे, र बिहान समुद्र फेरि आफ्नो ठाउँमा सर्‍यो। इजिप्टियनहरू यसको विपरीत भाग्दैथिए; अनि याहवेहले तिनीहरूलाई सोहोरेर समुद्रमा हालिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण बिहान उज्यालो हुनअघि मोशाले आफ्नो लहुरो समुद्रमाथि उठाए अनि समुद्र फेरि पानीले भरियो। मिश्रका मानिसहरू त्यहाँबाट भाग्ने चेष्टा गर्दै थिए तर परमप्रभुले तिनीहरूलाई समुद्रमा डुबाएर मारिदिनु भयो।