Exodus 14:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मिश्रका राजाले इस्राएलीहरू यही देशमा डुलिरहेका छन् र मरुभूमिले तिनीहरूको बाटो थुनिदिएको छ भनी ठान्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोले इस्राएलीहरूका विषयमा भन्‍नेछन्, ‘तिनीहरू त अलमल्‍ल परी मुलुक घुमिरहेछन्, र उजाड़-स्‍थानले तिनीहरूलाई थुनिदिएछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोले विचार गर्नेछ, ‘इस्राएलीहरू त उजाडस्थानमा थुनिएर अलमलमा परी देशमा भौँतारिरहेका छन्।’
Nepali ERV (पवित्र बाइबल)
फिरऊनले सोच्नेछ इस्राएलका मानिसहरू मरूभूमिमा हराए छन्। अनि उसले सोच्नेछ मानिसहरूको जाने ठाउँ छैन।