Exodus 14:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूदेखि बचाउनुभयो। मिश्रीहरू लाल समुद्रका किनारभरि लडिरहेका इस्राएलीहरूले देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूका हातबाट बचाउनुभयो, र इस्राएलीहरूले मिश्रीहरूलाई समुद्रको किनारमा मरेर लड़िरहेका देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूको हातबाट बचाउनुभयो; अनि इस्राएलीहरूले इजिप्टियनहरूलाई किनारमा मरेर पस्रिरहेका देखे।
Nepali ERV (पवित्र बाइबल)
यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे।