Exodus 14:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्नो महान् शक्तिले मिश्रीहरूको हार गराउनुभएको देखेर इस्राएलीहरूले परमप्रभुको डर माने। तिनीहरूले परमप्रभु र उहाँको दास मोशामाथि विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मिश्रीहरूमाथि गर्नुभएको त्यो ठूलो काम जब इस्राएलीहरूले देखे, तब तिनीहरूले परमप्रभुको भय माने, र परमप्रभु र उहाँका दास मोशामाथि विश्वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याहवेहले इजिप्टियनहरूको विरुद्धमा महान् शक्ति देखाउनुभएको इस्राएलीहरूले देखे, तब मानिसहरू याहवेहसित डराए र आफ्नो भरोसा याहवेह र उहाँका सेवक मोशामाथि राखे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले।