Exodus 14:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्यसको मन कठोर गराउनेछु र त्यसले तिमीहरूलाई खेद्नेछ; तर त्यो र त्यसको सेनामाथि विजय गर्नेछु र मेरो महिमा हुनेछ। तब मिश्रीहरूले परमप्रभु म नै हुँ भनी जान्नेछन्।” इस्राएलीहरूले त्यसै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि म फारोको हृदय कठोर पार्नेछु र त्यसले इस्राएलीहरूलाई खेद्नेछ। तर फारो र त्यसको सारा सेनाद्वारा म आफ्नो लागि महिमा पाउनेछु, र मिश्रीहरूले म नै परमप्रभु हुँ भनी थाहा पाउनेछन्।” तब इस्राएलीहरूले त्यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म फारोको हृदय कठोर पार्नेछु, र त्यसले तिनीहरूलाई खेद्नेछ। तर म फारो र त्यसका सेनाद्वारा आफ्नो महिमा लिनेछु, र इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।” यसकारण इस्राएलीहरूले त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
म फिरऊनलाई अट्टेरी बनाउनेछु अनि उसले तिमीहरूको खेदो गर्नेछ, तर म फिरऊन र उसका सेनाहरूलाई पराजित गराउनेछु। तब मिश्रदेशका मानिसहरूले जान्नेछन् कि म परमप्रभु हुँ।”