Exodus 14:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब मिश्रका राजाकहाँ इस्राएलीहरू भागे भन्ने खबर पुग्यो, तब तिनले र तिनका भारदारहरूले आफ्नो मन फेरेर यसो भने, “हामीले के गर्यौं हँ? हामीले इस्राएलीहरूलाई भाग्न दियौं र हाम्रा दास-दासीहरू गुमायौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मिश्रका राजाकहाँ ती मानिसहरू भागेका खबर पुग्यो तब तिनीहरूप्रति फारो र उनको अधिकारीहरूको मन बद्लियो। उनीहरूले भने, “यो हामीले के गर्यौं? इस्राएलीहरूलाई त हाम्रो सेवा गर्न नलगाएर छोड़ी पो दिएछौं!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब इजिप्टका राजालाई ती मानिसहरू भागे भनी बताइयो, फारो अनि तिनका अधिकारीहरूले तिनीहरूको विषयमा आफ्ना मन बदली गरे, र भने, “हामीले यो के गर्यौँ? हामीले इस्राएलीहरूलाई जान दिएर तिनीहरूको सेवा गुमायौँ!”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू भागे भन्ने समाचार फिरऊनले थाहा पायो। जब फिरऊन र उसका अधिकारीहरूले पनि यो खबर सुने, तिनीहरूले के गरेका थिए त्यस विषयमा आफ्नो विचार बद्ली गरे। फिरऊनले भने, “हामीहरूले किन इस्राएली मानिसहरूलाई तिनीहरूको दासत्वबाट जान दियौं?”