Exodus 14:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्री सेनाले आफ्ना सबै घोडा, रथ र सारथीहरूसँग लिएर तिनीहरूलाई खेदे र लाल समुद्रछेउमा पी-हहीरोत र बाल-सेफोनको नजिकै टाँगेका पालमा तिनीहरूलाई भेटे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मिश्रीहरू, अर्थात् फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टियनहरू—फारोका सबै घोडाहरू, रथहरू, घोडसवारहरू र सेनाले—इस्राएलीहरूलाई खेदे, र बाल-सेफोनको विपरीत पी-हहीरोतको नजिक समुद्रनिर डेरा हालेर बसेको बेलामा तिनीहरूलाई भेटे।
Nepali ERV (पवित्र बाइबल)
मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपोनमा जहाँ तिनीहरूले छाउनी लगाएका थिए तिनीहरूलाई पक्रे।