Exodus 15:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशा र इस्राएलीहरूले परमप्रभुको स्तुति गर्दै यो गीत गाए— “म परमप्रभुको स्तुति गाउनेछु किनभने उहाँले गौरवपूर्ण विजय गर्नुभएको छ; उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्तुति गाए: “म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशा र इस्राएलीहरूले याहवेहका निम्ति यो गीत गाए: “म याहवेहको निम्ति गाउनेछु; किनकि उहाँ अति नै उच्च पारिनुभएको छ। घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थाले। “म परमप्रभुको निम्ति गाउनेछु। उहाँले महान कार्य गर्नु भयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो।