Exodus 15:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो प्रतिज्ञामा विश्‍वासयोग्‍य रहनुभएर आफूले बचाउनुभएको प्रजालाई तपाईंले अगुवाइ गर्नुभयो, तिनीहरूलाई तपाईंले आफ्‍नो शक्तिले तपाईंको पवित्र देशमा डोर्‍याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्‍नो नचुक्‍ने प्रेममा डोर्‍याउनुहुनेछ। तपाईंले आफ्‍नो शक्तिद्वारै तिनीहरूलाई आफ्‍नो पवित्र वासस्‍थानमा अगुवाइ गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले आफ्नो अचुक प्रेममा, आफूले छुटाउनुभएका मानिसहरूलाई डोर्‍याउनुहुनेछ। तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर आफ्नो दयाद्वारा आफूले बचाएका मानिसहरूलाई तपाईंको दयाले डोर्याउनु हुन्छ। अनि आफ्नो क्षमताले तिनीहरूलाई पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।