Exodus 15:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु मेरा बलिया रक्षक हुनुहुन्‍छ; मलाई बचाउने उहाँ नै हुनुहुन्‍छ। उहाँ मेरो परमेश्‍वर हुनुहुन्‍छ, म उहाँको प्रशंसा गर्नेछु, उहाँ मेरा पिताका परमेश्‍वर हुनुहुन्‍छ, म उहाँका महान्‌ताबारे स्‍तुति गाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्‍छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्‍छ, म उहाँको स्‍तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्‍वर, म उहाँको नाउँ उच्‍च पार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह नै मेरो बल, सुरक्षा र गीत हुनुहुन्छ; उहाँ मेरा मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्‍वर हुनुहुन्छ, र म उहाँको प्रशंसा गर्नेछु; मेरा पिताका परमेश्‍वर, र म उहाँको नामलाई उच्‍च पार्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ, अनि म उहाँको स्तुति गर्छु। परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ अनि म उहाँको आदर गर्छु।