Exodus 15:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “तिमीहरूले सम्‍पूर्ण रीतले मैले भनेका कुराहरू मान्‍यौ, म जे कुरा ठीक ठान्‍दछु, त्‍यो गर्‍यौ र मेरा आज्ञाहरू पालन गर्‍यौ भने जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, ती कुनै पनि तिमीहरूमाथिपर्नेछैन। म तिमीहरूलाई निको पार्ने परमप्रभु हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँले भन्‍नुभयो, “तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका कुरा ध्‍यानसित सुन्‍यौ, उहाँको दृष्‍टिमा जे ठीक छ सो गर्‍यौ, र उहाँका आज्ञाहरूमा ध्‍यान लगायौ, र उहाँका सबै विधिहरू मान्‍यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्‍याएको थिएँ, तीमध्‍ये एउटै पनि तिमीहरूमाथि ल्‍याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्‍नुभयो, “तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको कुरा ध्यानसित सुन्यौँ र उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गर्‍यौ, र तिमीहरूले उहाँका आज्ञाहरूमा ध्यान दियौ, र उहाँका सबै उर्दीहरू पालन गर्‍यौ भने मैले इजिप्टियनहरूमाथि ल्याएका रोगहरू म तिमीहरूमाथि ल्याउनेछैनँ; किनकि तिमीहरूलाई निको पार्ने याहवेह म नै हुँ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”