Exodus 15:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले समुद्रलाई फुक्‍नुभयो र पानीको अग्‍लो रास लाग्‍यो; त्‍यो पर्खालजस्‍तो भएर खडा भयो; समुद्रको गहिरो भाग कडा भएर जम्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका नाकको सासले पानीको थुप्रो लाग्‍यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्‍तो स्‍थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका नाकको सासको वेगले पानी एक ठाउँमा थुप्रो लाग्यो, तरङ्गले भरिएका पानीहरू दृढ पर्खालझैँ खडा भए; गहिरो पानी समुद्रको गहिराइमा जमिहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो।