Exodus 15:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुले भन्‍यो, ‘म तिनीहरूलाई खेदेर पक्रनेछु; म तिनीहरूको धन-सम्‍पत्ति बाँडचुँड गरी लिनेछु; म मेरो तरवार थुती निकालेर तिनीहरूका सबै थोक लिनेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“शत्रुले धाक लगायो, ‘म तिनीहरूलाई खेदेर भेट्टाउनेछु, लुटिएका मालहरू म बाँड्‌नेछु। तिनीहरूमा म टन्‍न भोज गर्नेछु। म मेरो तरवार थुत्‍नेछु, र मेरो हातले तिनीहरूलाई नष्‍ट पार्नेछु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शत्रुले घमण्ड गर्‍यो, ‘म तिनीहरूलाई खेद्नेछु, म तिनीहरूलाई भेट्नेछु। म लुटिएका सामानहरू बाँड्नेछु; म तिनीहरूलाई निल्नेछु। म आफ्नो तरवार थुत्नेछु, र मेरो हातले तिनीहरूलाई नाश पार्नेछु।’
Nepali ERV (पवित्र बाइबल)
“शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’