Exodus 16:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले इस्राएलीहरूको गनगन सुनें, तिनीहरूलाई भन्, बेलुका खानलाई मासु र बिहान चाहे जति रोटी तिनीहरूले पाउनेछन्। तब तिनीहरूले बुझ्नेछन् कि म परमप्रभु तिनीहरूका परमेश्वर हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलीहरूको गनगन मैले सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ, र बिहान रोटीले अघाउनेछौ। तब म परमप्रभु तिमीहरूका परमेश्वर रहेछु भन्ने तिमीहरूले थाहा पाउनेछौ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले इस्राएलीहरूको गनगन सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानचाहिँ तिमीहरू रोटीले अघाउनेछौ। तब म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
“मैले इस्राएलीहरूको गुनासो सुनेको छु। यसर्थ तिनीहरूलाई भन, ‘तिनीहरूले आज रातीमासु खानेछन् र बिहान रोटी खानेछन्। तब तिमीहरूले जान्नेछौ म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।”‘