Exodus 16:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कसै-कसैले मोशाको कुरा सुनेनन् र उबारेर राखे। तर भोलिपल्‍ट बिहान त्‍यसमा किरा परेर गन्‍हाउन लागेको थियो। मोशा तिनीहरूसित रिसाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूमध्‍ये कसैले मोशाको कुरा सुनेनन्, र तिनीहरूले त्‍यसबाट केही भाग बिहानसम्‍मै राखे। तर त्‍यसमा कीरा लागेर गन्‍हाउन लाग्‍यो। मोशा तिनीहरूसित क्रोधित भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि कसै-कसैले मोशाको कुरामा ध्यान दिएनन्; र त्यसबाट केही भाग बिहानसम्म राखे। तर त्यसमा किरा पर्‍यो, र गनाउन थाल्यो। यसकारण मोशा तिनीहरूसित क्रोधित भए।
Nepali ERV (पवित्र बाइबल)
तर केही मानिसहरूले मोशाको कुरा सुनेन्। ती मानिसहरूले भोलिपल्टको निम्ति पनि खाध्य जोगाए तर खानामा किरा पर्यो र गनाउन थाल्यो। यसकारण त्यसो गर्ने मानिसहरूसंग रिसाए।