Exodus 16:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएअनुसार भोलि विश्रामको पवित्र दिन हो, त्यो उहाँलाई अर्पण गरिएको दिन हो। पकाउनुपर्ने र उसिन्नुपर्ने कुराहरू आजै पकाओ र उसिन। उब्रेको जति भोलिको लागि छुट्ट्याइराख्नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले तिनीहरूलाई भने, “परमप्रभुले अह्राउनुभएको कुरा यही हो: ‘भोलि विश्रामको दिन हो, परमप्रभुको निम्ति एक पवित्र शबाथ हो। जे पकाउनु छ, सो पकाओ, र जे उमाल्नु छ, सो उमाल। जति उब्रिन्छ त्यो आफ्नो निम्ति बिहानसम्मलाई राख’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले उनीहरूलाई भने, “याहवेहले यसो भनी आज्ञा गर्नुभएको छ: ‘भोलि याहवेहका निम्ति शब्बाथको विश्रामदिन, पवित्र शब्बाथ हुनुपर्छ। तिमीहरू जे पकाउन चाहन्छौ, त्यो पकाओ; अनि जे उमाल्न चाहन्छौ, उमाल; अनि जे उब्रिन्छ, त्यो बिहानसम्म राखिछोड।’ ”
Nepali ERV (पवित्र बाइबल)
मोशाले तिनीहरूलाई भने, “परमप्रभुले भन्नु भएको जस्तै नै भयो। यसो भयो कारण भोलि परमप्रभुको सम्मानमा मनाइने विश्रामको दिन हो। तिमीहरूलाई जति आवश्यक पर्छ आज त्यति खाध्य पकाउन सक्छौ तर भोलि बिहानको निम्ति यस खाध्यको रहल राख।”