Exodus 16:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याद राख्, म परमप्रभुले तिमीहरूलाई एक दिन विश्राम गर्न दिएको छु। यसैकारण छैटौँ दिनमा म दुई दिन पुग्‍ने खानेकुरा तिमीहरूलाई सधैँ दिन्‍छु। सातौँ दिनमा हरेक व्‍यक्ति आफू जहाँ छ, त्यहीँ बस्‍नुपर्नेछ र घर छोड्‍नुहुँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याद राख, कि परमप्रभुले तिमीहरूलाई शबाथ दिनुभएको छ। यसैकारण परमप्रभुले तिमीहरूका निम्‍ति छैटौँ दिनमा दुई दिनको भोजन दिनुहुन्‍छ। सातौँ दिनमा तिमीहरू हरेक जहाँ छौ त्‍यहीँ नै बसिरहनू, कुनै पनि मानिस आफ्‍नो डेराबाट बाहिर नजाओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा मनमा राख: याहवेहले तिमीहरूका निम्ति शब्बाथ दिनुभएको छ; यसैकारण छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनका लागि रोटी दिनुभएको छ। सातौँ दिन तिमीहरू हरेक आ-आफ्नै ठाउँमा बस्‍नू; कोही बाहिर नजानू।”
Nepali ERV (पवित्र बाइबल)
हेर, परमप्रभुले तिम्रालागि शनिवारलाई एउटा विश्रामको दिन बनाउनु भयो। अनि छैटौं दिनमा परमप्रभुले तिमीहरूलाई दुइ दिनको निम्ति प्रशस्त खाद्य दिनु हुन्छ। सातौंदिनमा तिमीहरू प्रत्येकले विश्राम लेऊ। तिमीहरू जहाँ छौ त्यहीं बस।”