Exodus 16:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भने, “हामीलाई परमप्रभुले मिश्रमै मार्नुभएको भए असल हुनेथियो। त्यहाँ हामी मासु र अरू खानेकुरा भनेजस्तो पूरा खान पाउँथ्यौं। तर तपाईंहरूले हामीलाई त्यहाँबाट निकालेर यहाँ मरुभूमिमा ल्याउनुभयो र खान नदिई मार्न आँट्नुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मिश्रमा मासुका कराहीहरूका वरिपरि बसी अघाउञ्जेल खाना खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेका भएदेखि असल हुनेथियो। तर तपाईंहरूले हामी र हाम्रा यस जम्मै समुदायलाई भोकले मार्न उजाड़-स्थानमा ल्याउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी इजिप्टमै याहवेहका हातद्वारा मरेका भए असल हुनेथियो! त्यस ठाउँमा छँदा हामी मासुका भाँडाको वरिपरि बस्थ्यौँ, र हामीले अघाउन्जेल भोजन खान्थ्यौँ; तर तपाईंले हामीलाई निकालेर यस उजाडस्थानमा यो सारा समुदायलाई भोकभोकै मार्न ल्याउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले भने, “यदि परमप्रभुले हामीलाई मिश्र देशमा नै मर्न दिनु भएको भए राम्रो हुने थियो त्यहाँ हामीलाई खानलाई प्रशस्त अन्न थियो। जे होस त्यहाँ हाम्रो निम्ति हामीले मागेको प्रशस्त खाने कुरो थियो। हामीलाई आवश्यक परेका सबै खाध्यहरू थिए तर अहिले तिमीहरूले हामीहरूलाई यहाँ मरूभूमिमा ल्यायौ अब हामी भोकैले मर्ने भयौं।”