Exodus 16:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले भने, “हाम्रा पछि हुने सन्‍तानको निम्‍ति केही मन्‍न बचाएर राख्‍न परमप्रभुले आज्ञा गर्नुभएको छ। हामीलाई मिश्रबाट निकाली ल्‍याउँदा परमप्रभुले मरुभूमिमा हामीलाई जे कुरा खान दिनुभएको थियो, सो तिनीहरूले देख्‍न सक्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ: ‘जुन भोजन तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउँदा उजाड़-स्‍थानमा तिमीहरूलाई खुवाएको थिएँ, आउने पुस्‍ताहरूले त्‍यो देखून्‌ भनेर त्‍यसबाट एक ओमेर पुस्‍तौँ-पुस्‍तौँसम्‍म राख’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले भने, “याहवेहले यसो भनी आज्ञा दिनुभएको छ: ‘मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा उजाडस्थानमा तिमीहरूलाई कस्तो रोटी खुवाएको थिएँ भनेर पछिका पुस्ताहरूलाई देखाउन भनी एक ओमेर मन्‍न जोगाएर राख्नू।’ ”
Nepali ERV (पवित्र बाइबल)
मोशाले भने, “परमप्रभुले भन्नु भयो, ‘तिमीहरूका सन्तानको निम्ति एक ओमेर खाद्य जोगाएर राख। मैले तिमीहरूलाई मिश्रबाट लिएर आउँदा मरूभूमिमा दिएको खाद्य भनी तिनीहरूले हेर्न सक्छन्।”‘