Exodus 16:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलि बिहान परमप्रभु हाम्रा माझमा आउनुभएको हो भनी बुझाउन एउटा चहकिलो ज्योति तिमीहरूले देख्नेछौ। तिमीहरूको गनगन उहाँले सुन्नुभएको छ। तिमीहरूले उहाँको विरुद्धमा गनगन गर्यौ किनभने हामी त उहाँको आज्ञाअनुसार गर्नेहरू मात्र हौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बिहानचाहिँ तिमीहरूले परमप्रभुको महिमा देख्नेछौ, किनकि परमप्रभुको विरुद्धमा गरेको गनगन उहाँले सुन्नुभएको छ। हामी को हौं र तिमीहरू हाम्रा विरुद्धमा गनगनाउँछौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बिहान तिमीहरूले याहवेहको महिमा देख्नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्नुभएको छ। हामी को हौँ, र तिमीहरू हाम्रो विरुद्धमा गनगनाउँछौ?”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले परमप्रभुलाई गुनासो पोख्यौ अनि उहाँले त्यो गुनासो सुन्नु भयो। यसकारण भोलि बिहान तिमीहरूले उहाँको महिमा थाह पाउनेछौ। तिमीहरू हामीहरूसंग गन-गन गरिरहन्छौ र हुन सक्छ अब हामीले केही आराम पाउँने छौं।”