Exodus 16:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि मोशाले भने, “परमप्रभुले नै तिमीहरूलाई बेलुका मासु र बिहान तिमीहरूले चाहे जति रोटी दिनुहुनेछ किनभने तिमीहरूले उहाँको विरुद्धमा कति गनगन गर्‍यौ, त्‍यो उहाँले सुन्‍नुभएको छ। हाम्रा विरुद्धमा गनगन गर्दा खासमा तिमीहरू परमप्रभुको विरुद्धमा गनगन गरिरहेका हुन्‍छौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहान अघाउञ्‍जेल रोटी दिनुहुनेछ, किनभने तिमीहरूले उहाँको विरुद्ध गरेको गनगन उहाँले सुन्‍नुभएको छ। हामीचाहिँ को हौं र? तिमीहरूको यो गनगन हाम्रो विरुद्धमा होइन, तर परमप्रभुको विरुद्धमा भएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले यो पनि भने, “जब याहवेहले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहानीपख चाहेजति रोटी दिनुहुनेछ, तब त्यसलाई दिनुहुने याहवेह नै हुनुहुन्छ भनी तिमीहरूले जान्‍नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्‍नुभएको छ। हामी को हौँ र? तिमीहरू हाम्रो विरुद्धमा होइन, तर परमेश्‍वरको विरुद्धमा गनगनाइरहेका छौ।”
Nepali ERV (पवित्र बाइबल)
अनि मोशाले भने, “तिमीहरूले गन-गन गरिरहेका छौ र परमप्रभुले पनि तिमीहरूको गुनासो सुन्नु भएको छ। यसर्थ आज राती परमप्रभुले तिमीहरूलाई मासु दिनुहुन्छ अनि बिहान तिमीहरूको आवश्यकता अनुसार रोटी दिनु हुनेछ। तिमीहरूले हारून, र मलाई गन-गन गरिरहेका छौ। हुनु सक्छ अब हामीले केही आराम पाउने छौं। यति बुझ तिमीहरू हारून, र मेरो विरूद्धमा होईन तर परमप्रभुको विरूद्धमा गन-गन गरिरहेका छौ।”