Exodus 17:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा इस्राएली समुदाय सीनको उजाड-स्थानबाट हिँड्यो। परमप्रभुको आज्ञाअनुसार एक ठाउँदेखि अर्को गर्दै तिनीहरू अघि बढे। तिनीहरूले रपीदीममा डेरा हाले तर त्‍यहाँ पिउने पानी थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूका सारा समुदाय सीनको उजाड़-स्‍थानबाट परमप्रभुको आज्ञाबमोजिम ठाउँ-ठाउँमा यात्रा गरेर रपीदीममा आइपुगे। त्‍यहाँ तिनीहरूले डेरा बनाए, तर मानिसहरूका निम्‍ति खाने पानी थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूका सारा समुदाय याहवेहले आज्ञा गर्नुभएझैँ एक ठाउँदेखि अर्को ठाउँ यात्रा गर्दै जानलाई सीनको उजाडस्थानबाट निस्के। तिनीहरूले रेफिदीममा पाल टाँगे; तर त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन।
Nepali ERV (पवित्र बाइबल)
सीनैको मरूभूमिबाट सबै इस्राएली दलसंगै यात्रा गरे। परमप्रभुको आज्ञा अनुसार तिनीहरू एक ठाउँदेखि अर्को ठाउँ यात्रा गरे। जब तिनीहरू रपीदीम पुगे त्यही छाउनी बनाए। त्यस ठाउँमा मानिसहरूको निम्ति पिउने पानी थिएन।