Exodus 17:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाको हात थाकेपछि हारून र हूरले उनी बस्नलाई एउटा ढुङ्गा ल्याए र ती दुईले छेउ-छेउमा उभिएर उनका दुवै हात थामिराखे। घाम नअस्ताउञ्जेल तिनीहरूले त्यसो गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मोशाका हात थाके, तब तिनीहरूले एउटा ढुङ्गा ल्याएर तिनीमुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले चाहिँ तिनका हात थामिराखे, एउटाले एकापट्टि र अर्काले अर्कोपट्टि। यसरी सूर्यास्त नहोउञ्जेल तिनका हात स्थिर रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोशाका हातहरू थाके, तब तिनीहरूले एउटा ढुङ्गा लिएर त्यसलाई तिनको मुनि राखिदिए, र तिनी त्यसमाथि बसे। हारून र हूरले सूर्यास्तसम्म तिनका हातहरू स्थिर भइरहून् भनेर एउटाले एकापट्टि र अर्काले अर्र्कापट्टि तिनका हातहरू थामिराखे।
Nepali ERV (पवित्र बाइबल)
केही समय पछि मोशाका पाखुरा थाके। मोशासित भएका मानिसहरूले बस्नको निम्ति एउटा ढुङ्गा ल्याए अनि हारून र हूरले मोशाको हात उठाएर राखे। मोशाको एकापट्टि हारून र अर्कोपट्टि हूर थिए। तिनीहरूले मोशाको हातहरू घाम नअस्ताउञ्जेलसम्म माथि उठाई राखे।