Exodus 17:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानिसहरू औधी तिर्खाएका थिए र मोशासित गनगनाइरहे। तिनीहरूले भने, “किन तपाईंले हामीलाई मिश्रबाट निकाली ल्‍याउनुभयो? हाम्रा बालबच्‍चा र गाई-वस्‍तुसहित हामीलाई तिर्खाले मार्नलाई?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मानिसहरूलाई पानीको तिर्खा लाग्‍यो, र ती यसो भनेर मोशाको विरुद्धमा गनगनाए, “तपाईंले हामी, हाम्रा बालबच्‍चा र पशुहरूलाई तिर्खाले मार्न किन मिश्रबाट यहाँ ल्‍याउनुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती मानिसहरू असाध्यै तिर्खाएका थिए; अनि तिनीहरू मोशाको विरुद्धमा गनगनाए। तिनीहरूले भने, “हामी, हाम्रा छोराछोरी र गाईबस्तुहरूलाई तिर्खाले मार्न भनी तपाईंले इजिप्टबाट निकालेर यस डरलाग्दो ठाउँमा किन ल्याउनुभयो?”
Nepali ERV (पवित्र बाइबल)
तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून भनी लिएर आएका हौ?”