Exodus 17:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका केही अगुवाहरू लिएर मानिसहरूको अघिअघि जा। तैँले नील नदीलाई हिर्काएको लट्ठी लिएर जा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूका धर्म-गुरुहरूमध्‍ये कतिलाई साथमा लिएर मानिसहरूका अगिअगि जा, र तैंले नील नदीलाई हिर्काएको तेरो लहुरो पनि आफ्‍नो हातमा लिएर जा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई जवाफ दिनुभयो, “इस्राएलका केही प्रधानहरूलाई साथमा लिएर मानिसहरूका अगि-अगि जा, र जुन लहुरोले तैँले नील नदीलाई हिर्काएको थिइस्, त्यो पनि आफ्नो हातमा लिएर जा।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसंगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ।