Exodus 17:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सीनै पर्वतमा एउटा चट्टानको अघि तेरो सामु उभिनेछु। त्यस चट्टानलाई हिर्काउनू र त्यहाँबाट मानिसहरूले पिउने पानी निस्कनेछ।” मोशाले इस्राएलका अगुवाहरूको अघि त्यसै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म होरेबमा भएको चट्टानमा तेरो अगि खड़ा हुनेछु। तैंले चट्टानलाई हिर्काउनू, र मानिसहरूले पिउनलाई त्यहाँबाट पानी निस्कनेछ।” तब मोशाले इस्राएलीहरूका धर्म-गुरुहरूका सामुन्ने त्यसै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म होरेबमा भएको चट्टानको छेवैमा तेरो सामु उभिनेछु। तैँले त्यस चट्टानलाई हिर्काऊनू, र त्यसबाट पानीको मूल फुट्नेछ, र मानिसहरूले पिउन सक्नेछन्।” यसकारण मोशाले इस्राएलका प्रधानहरूका आँखाको सामु त्यसै गरे।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।” मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे।