Exodus 17:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो ठाउँको नाम मस्सा र मेरीबा भयो किनभने इस्राएलीहरूले त्यहाँ गनगनाएर “के परमप्रभु हामीसित हुनुहुन्छ र” भनी उहाँको जाँच गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न” भन्ने इस्राएलीहरूका झगड़ाको कारण र तिनीहरूले परमप्रभुको परीक्षा गरेको कारण त्यस ठाउँको नाउँ तिनले मस्साह र मेरीबा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्न” भन्ने इस्राएलीहरूका झगडाको कारण र तिनीहरूले याहवेहको परीक्षा गरेको कारण त्यस ठाउँको नाम तिनले मस्सा र मेरीबा राखे।
Nepali ERV (पवित्र बाइबल)
मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।