Exodus 18:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र आफ्ना प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्याउँदा परमेश्वरले गर्नुभएको सारा कुरा मिद्यान देशका पूजाहारी मोशाका ससुरा यित्रोले सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले मोशा र आफ्नो प्रजा इस्राएलका निम्ति गर्नुभएका सारा कुरा, कसरी परमप्रभुले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको थियो, सो मिद्यानका पूजाहारी, मोशाका ससुरा यित्रोले सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मिद्यानका पुजारी, मोशाका ससुरा यित्रोले मोशा र आफ्नो प्रजा इस्राएलका निम्ति परमेश्वरले गर्नुभएका सबै कुरा, र याहवेहले इस्राएलीहरूलाई इजिप्टबाट कसरी बाहिर निकालेर ल्याउनुभएको कुरा सुने।
Nepali ERV (पवित्र बाइबल)
मोशाका ससूरा यित्रो मिद्यानका पूजाहारी थिए। यित्रोले इस्राएली मानिसहरूलाई परमेश्वरले धैरे प्रकारले सघाएको सुन्नुभयो यित्रोले इस्राएली मानिसहरूलाई परमप्रभुले मिश्रबाट बाहिर ल्याएको कुरा पनि सुने।