Exodus 18:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-11] र भने, “परमप्रभुको प्रशंसा होस्, जसले तिमीहरूलाई मिश्रका राजा र प्रजाका हातबाट बचाउनुभयो। परमप्रभुको प्रशंसा होस्, जसले आफ्‍नो प्रजालाई दासत्‍वबाट छुटकारा दिनुभयो। परमप्रभु अरू सबै देवताहरूभन्दा महान् हुनुहुन्‍छ भनी अब मैले थाहा पाएँ किनभने मिश्रीहरूले इस्राएलीहरूसित कुव्‍यवहार गरेका बेलामा उहाँले तिनीहरूलाई बचाउनुभएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यित्रोले भने, “तिमीहरूलाई मिश्रीहरू र फारोका हातबाट छुटाउनुहुने परमप्रभुको प्रशंसा होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यित्रोले भने, “याहवेहको प्रशंसा होस्, जसले तिमीहरूलाई इजिप्टियनहरू र फारोका हातबाट छुटाउनुभयो, जसले मानिसहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यित्रोले भने, “परमप्रभुको स्तुति होस। उहाँले तिमीहरूलाई मिश्रका मानिसहरूबाट स्वतन्त्र गराउनु भयो। परमप्रभुले तिमीहरूलाई फिरऊनबाट बचाउनु भयो।