Exodus 18:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यित्रोले परमेश्वरको निम्ति जलाएर चढाउने सिङ्गै होमबलि र अन्य बलिदानहरू ल्याए। अनि हारून र इस्राएलका सबै अगुवाहरूले तिनीसित मिलेर परमेश्वरको अघि पवित्र भोज खान गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि मोशाका ससुरा यित्रोले परमेश्वरको निम्ति होमबलि र अरू बलिदानहरू चढ़ाए। अनि हारून र इस्राएलका सबै धर्म-गुरुहरू मोशाका ससुरा यित्रोसँग परमेश्वरको उपस्थितिमा रोटी खान आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाका ससुरा यित्रोले याहवेहका निम्ति होमबलि र अरू बलिदानहरू ल्याए; अनि हारून र इस्राएलका सबै प्रधानहरू परमेश्वरको सामु मोशाका ससुरासित रोटी खान आए।
Nepali ERV (पवित्र बाइबल)
तब यित्रोले परमेश्वरलाई बलिहरू र भेटी चढाए। तब हारून र इस्राएलका सबै बूढा-प्रधानहरू मोशाका ससूरा यित्रोसित परमेश्वरसंगै भोजन गरे।