Exodus 18:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले गरेका सबै काम देखेर यित्रोले सोधे, “मानिसहरूको निम्ति तिमीले यति धेरै काम गरेको? किन तिमी एक्लै यी काम गर्छौ? मानिसहरूचाहिँ किन बिहानदेखि नै बेलुकासम्म यहाँ तिम्रो सल्लाह लिन कुरिरहन्छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले मानिसहरूका निम्ति गरेका सबै काम मोशाका ससुराले देखेर तिनलाई सोधे, “यो तिमीले मानिसहरूका निम्ति गरेको के काम हो? किन तिमी मात्र न्याय गर्न एकलै बसिरहन्छौ, र मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि उभिरहन्छन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले मानिसहरूका लागि गरिरहेका सबै काम देखेपछि तिनका ससुराले भने, “तिमीले मानिसहरूका लागि यो के गरिरहेका छौ? यी मानिसहरू बिहानदेखि बेलुकीसम्म तिम्रो वरिपरि उभिरहन्छन्, तिमी एकलै मात्र किन न्यायकर्ता भएर बसिरहन्छौ?”
Nepali ERV (पवित्र बाइबल)
मोशाले मानिसहरूको न्याय गरेको यित्रोले देखे। उनले सोधे, “यो तिमी एक्लै किन गरिरहेका छौ? तिमी एक्लै न्यायधीश छौ? अनि किन दिनभरी मानिसहरू तिमीकहाँ आइरहन्छन्?”