Exodus 18:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब दुई जनाका बीचमा विवाद पर्छ, तिनीहरू मकहाँ आउँछन् र ती दुईमा को ठीक छ, मैले फैसला गरिदिनुपर्छ अनि म तिनीहरूलाई परमेश्वरका आज्ञा र विधिबारे बताउँदछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको केही विवाद छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्यसको भाइबन्धुको बीचमा म न्याय गरिदिन्छु, अनि म तिनीहरूलाई परमेश्वरका विधिविधानहरू बताइदिन्छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूको बीचमा विवाद हुन्छ, तब त्यसलाई मकहाँ ल्याउँछन्, र मैले दुवै पक्षका बीचमा निर्णय गरेर तिनीहरूलाई परमेश्वरको उर्दी र उहाँका व्यवस्थाहरू बताइदिन्छु।”
Nepali ERV (पवित्र बाइबल)
यदि तिनीहरूसित भन्ने कुरो छ भने तिनीहरू मकहाँ आउँछन्। कुन मानिस सही छ म निर्णय गर्छु। यसरी म मानिसहरूलाई परमेश्वरले बताउनु भएको नियम र शिक्षाहरू सिकाउँछु।”