Exodus 18:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले तिनीहरूलाई परमेश्‍वरका आज्ञा सिकाउनुपर्छ र तिनीहरूले कसरी आफ्‍ना जीवन बिताउनु र के काम गर्नुपर्छ, सो बताउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्‍य तिनीहरूलाई सिकाइदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई उर्दी र व्यवस्थाहरू सिकाऊ, र तिनीहरूलाई जिउने तरिका र पालना गर्नुपर्ने कर्तव्य देखाइदेऊ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ।