Exodus 18:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बाहेक तिमीले केही योग्‍य पुरुषहरूलाई चुनेर मानिसहरूका अगुवा खटाउनुपर्छ। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश मानिसहरूमाथि अगुवा खटाउनुपर्छ। तिनीहरू परमेश्‍वरको डर मान्‍ने भरपर्दा र घुस नखाने मानिसहरू हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर सबै मानिसहरूमध्‍येबाट परमेश्‍वरको भय मान्‍ने, योग्‍य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्‍यक्तिहरू होऊन्‌। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकासाथै यस्ता मानिसहरूलाई चुन, जो सबै मानिसहरूमध्येबाट सक्षम अर्थात् परमेश्‍वरको डर मान्‍ने विश्‍वासयोग्य मानिसहरू जसले बेइमानीसित लाभ लिन घृणा गर्छन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश जनामाथि अगुवा नियुक्त गर।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ। “जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ।