Exodus 18:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले स्‍थायीरूपमा मानिसहरूका लागि न्‍यायाधीशका काम गरून्। तिनीहरूले सबै अप्‍ठ्यारा विषयहरू तिमीकहाँ ल्‍याउन सक्‍छन्; तर स-साना कुराहरू तिनीहरू आफैंले छिनोफानो गर्न सक्‍छन्। त्‍यसो गर्दा तिमीलाई केही सजिलो पर्नेछ किनभने तिनीहरूले पनि तिम्रो भार बाँड्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले हरसमय मानिसहरूका न्‍यायकर्ता भएर सेवा गरून्‌। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्‍याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्‍साफ गरून्‌। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्‌नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक समय मानिसहरूमाथि तिनीहरूले न्यायकर्ता भएर सेवा गरून्; तर तिनीहरूले हरेक गाह्रो मुद्दाचाहिँ तिम्रो सामु ल्याऊन्; साना-साना मुद्दाहरूको निर्णयचाहिँ तिनीहरूले नै गरून्। यसो गर्दा तिम्रो भार हलुका हुनेछ, र तिनीहरूले तिमीसित भार उठाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यी अगुवाहरूले मानिसहरूलाई न्याय गरून्। यदि कतै महत्वपूर्ण मामला रहे ती शासकहरू तिमीकहाँ आउन सक्छन्। तर अन्य मामलामा तिनीहरूले नै न्याय दिऊन्। यसरी तिम्रो कार्य भारहरू हल्का हुन्छ।