Exodus 18:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरा पिताका परमेश्‍वरले मेरो सहायता गर्नुभयो र मिश्रको राजाका हातबाट मेरो प्राण बचाउनुभयो,” भनी उनले अर्को छोराको नाम एलीएजर राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्काको नाउँचाहिँ एलीएजर थियो, किनभने तिनले भने, “मेरा पिताका परमेश्‍वर मेरा सहायक भएर मलाई फारोको तरवारबाट छुटकारा दिनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अर्कोचाहिँको नाम एलीएजर राखिएको थियो; किनकि तिनले भने, “मेरा पिताका परमेश्‍वर मेरो सहायक हुनुहुन्छ; उहाँले मलाई फारोको तरवारबाट बचाउनुभयो।”
Nepali ERV (पवित्र बाइबल)
अर्को छोरोको नाउँ एलीएजेर राखियो, किनभने जब ऊ जन्मियो तब मोशाले भने, “मेरो पिता-पुर्खाहरू परमेश्वरले मलाई सहायता गर्नु भयो अनि फिरऊनको तरवारबाट मलाई बचाउनु भयो।”