Exodus 18:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनलाई भेट्न मोशा निस्के र तिनलाई ढोगे र म्वाइँ खाए। तिनीहरूले एक-अर्काको भलो-कुशलबारे खोज-खबर लिए र मोशाको पालमा आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा आफ्ना ससुरालाई भेट्न निस्के, र भेटेर तिनलाई ढोगेर म्वाइँ खाए। तिनीहरूले एक-अर्काको हालखबर सोधपूछ गरे, र पालभित्र पसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशा आफ्ना ससुरालाई भेट्न बाहिर निस्के, र तिनलाई भेटेर दण्डवत् गरे; अनि म्वाइँ खाए। तिनीहरू एक-अर्कालाई हालखबर सोधेर पालभित्र गए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मोशा आफ्नो ससुरालाई भेट्न गए। मोशा उसकोअघि निहुरिए अनि उसलाई चुम्बन गरे। तिनीहरूले एका-अर्काको स्वस्थको बारेमा सोधपूछ गरे। तिनीहरू मोशाको पालमा गए।