Exodus 18:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूलाई छुटकारा दिनलाई परमप्रभुले मिश्रको राजा र प्रजासँग गर्नुभएको सारा काम मोशाले यित्रोलाई सुनाए। बाटामा इस्राएलीहरूले पाएका दु:ख, कष्‍ट र तीबाट परमप्रभुले बचाउनुभएको कुरा पनि मोशाले तिनलाई भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले इस्राएलीहरूका खातिर फारो र मिश्रीहरूलाई के-कसो गर्नुभयो, र बाटोमा तिनीहरूलाई के-के कष्‍ट भयो, र परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो सो वृत्तान्‍त मोशाले आफ्‍ना ससुरालाई सुनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूका निम्ति याहवेहले फारो र इजिप्टियनहरूलाई जे-जे गर्नुभएको थियो, ती सबै कुराहरू, साथै बाटोमा तिनीहरूमाथि के कस्ता कष्‍टहरू आइपरेका थिए, र याहवेहले तिनीहरूलाई कसरी छुटाउनुभएको थियो, ती सबै मोशाले आफ्ना ससुरोलाई बताए।
Nepali ERV (पवित्र बाइबल)
मोशाले यित्रोलाई प्रत्येक कुरा भने जे परमप्रभुले इस्राएलीहरूको निम्ति फिरऊन र मिश्रलाई गर्नु भएको थियो। मोशाले यित्रोलाई तिनीहरूले यात्रा गर्दा सामना गर्नु परेको स्थितिहरू पनि बताए। परमप्रभुले इस्राएलीहरूलाई सकंट घडीमा कसरी बचाउनु भयो त्यो पनि मोशाले आफ्नो ससुरालाई बताए।