Exodus 19:12 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्वतको चारैपट्टि मानिसहरूले ननागून् भनी एउटा सिमाना लाइदिनू। मानिसहरूलाई पर्वतमाथि नचढ्नू, त्यसको छेउमा पनि नजानू भनी आदेश दिनू। कसैले पर्वतमाथि पाइलो टेक्यो भने त्यो मारिनेछ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले चाहिँ मानिसहरूका निम्ति चारैतिर यसो भनेर बार लगाउनू, ‘होशियार बस, तिमीहरू पर्वतमाथि नजानू, र त्यसका सिमाना पनि नछुनू। जसले पर्वत छुन्छ त्यो निश्चय नै मारिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्वतको चारैतिर मानिसहरूका लागि सिमाना लगाएर तिनीहरूलाई यसो भन्नू, ‘होशियार रहो, पर्वतमाथि नचढ्नू र त्यसको फेद पनि नछुनू। जसले यस पर्वतलाई छुन्छ, त्यो निश्चय मारिनेछ।