Exodus 19:13 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई कसैले नछोई ढुङ्गाले वा काँडले हान्नू। यो कुरा मानिस वा पशु दुवैमाथि लागू हुनेछ अनि पर्वतमा पाइलो टेक्ने सबै निश्चय मारिनेछन्। तर जब तुरही बज्नेछ, तब मानिसहरू पर्वतसम्म आऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले पनि त्यसलाई नछुनू, तर ढुङ्गाले वा काँड़ले हानेर त्यसलाई मार्नू। पशु होस् अथवा मानिस, त्यो जीवित रहनेछैन’। तुरही लामो गरी बज्दा तिनीहरू पर्वतसम्म आऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई कसैले पनि नछुनू। तर त्यसलाई ढुङ्गाले हानेर अथवा काँडले छेडेर मार्नू। मानिस होस् वा पशु, त्यो जीवित रहनेछैन।’ केवल तुरही फुकेको आवाज सुनेपछि मात्र तिनीहरू पर्वतको नजिक जाऊन्।”