Exodus 19:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेस्रो दिन बिहान बिजुली चम्क्यो र आकाश गर्ज्यो, बाक्लो बादल पहाडमाथि छायो र तुरहीको चर्को स्वर सुनियो। डेराका सबै मानिसहरू डरले काँपे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड्याङगुडुङ भयो र बिजुली चम्क्यो र बाक्लो बादल पर्वतमा उठ्यो, र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जना थरथर कामे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेस्रो दिनको बिहान गर्जन भयो, बिजुली चम्क्यो र पर्वतमा बाक्लो बादल देखियो; अनि अति चर्को आवाजले तुरही बजेको आवाज सुनियो। छाउनीमा भएका हरेक व्यक्ति थरथर कामे।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए।