Exodus 19:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा सीनै पर्वत धुवाँले ढाकिएको थियो किनभने परमप्रभु आगोमा त्यसमाथि उत्रनुभएको थियो। धुवाँ भट्टीको धुवाँझैँ निस्किरहेको थियो। अनि सबै मानिसहरू थरथर काँप्न लागेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु आगोमा ओर्लेर त्यहाँ आउनुभएको कारणले सीनै पर्वत बिलकुलै धूवैँधूवाँले भरियो। पर्वतबाट धूवाँ भट्टीबाट झैँ निस्क्यो र सारा पर्वत जोडसित काँप्न लाग्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सीनै पर्वत धुवैँधुवाँले भरिएको थियो; किनकि याहवेह त्यहाँ आगोमा भई ओर्लनुभएको थियो। त्यहाँ इँटाभट्टाको धुवाँझैँ मुस्लो उठिरहेको थियो; अनि सम्पूर्ण पर्वत जोडसित काम्यो,
Nepali ERV (पवित्र बाइबल)
सीनै पर्वत धुवाँले ढाकिएको थियो। पर्वतमाथि निस्केको धुवाँ भट्टीदेखि निस्केको जस्तै थियो। यस्तो भयो किनभने परमप्रभु पर्वतमा आगोमा आउनु भयो। सम्पूर्ण पर्वत पनि जोरसित हल्लियो।