Exodus 19:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र परमप्रभुले उनलाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई भन् कि तिनीहरू सिमाना नाघेर नआऊन् र मलाई नहेरून्। त्‍यसो गरे, तिनीहरू धेरैजना मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई सावधान गर्, नत्रता तिनीहरू परमप्रभुलाई हेर्न बार नाघेर माथि आउलान्‌ र तिनीहरूमध्‍ये धेरै नष्‍ट होलान्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले मोशालाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई चेतावनी दे, र याहवेहलाई हेर्न भनी तिनीहरू जबरजस्ती नआऊन्, र तिनीहरूमध्ये धेरै नमरून्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नु भयो, “तल झर अनि मानिसहरूलाई मेरो नजिक नआउन र मलाई नहेर्ने चेताउनी देऊ। यदि तिनीहरूले त्यसो गरे धेरै जना मर्नेछन्।