Exodus 19:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले परमप्रभुलाई भने, “मानिसहरू उँभो आउन सक्नेछैनन् किनभने तपाईंले यस पर्वतलाई पवित्र ठान्नू अनि यसलाई सिमानाले घेर्नू भनी हामीलाई आज्ञा गर्नुभएको थियो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा उक्लेर आउन सक्दैनन्, किनकि तपाईंले हामीलाई ‘पर्वतको वरिपरि बार लगाएर पवित्र भनी अलग गर,’ भनी आज्ञा दिनुभएको थियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले याहवेहलाई भने, “मानिसहरू सीनै पर्वतमाथि आउन सक्दैनन्; किनकि तपाईंले हामीलाई ‘पर्वतका चारैतिर सिमाना लगाएर त्यसलाई पवित्र गरी अलग गर्नू’ भनी चेतावनी दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
मोशाले परमप्रभुलाई भने, “तर मानिसहरू सीनै पर्वतमाथि आउन सक्तैनन्। तपाईं आफैले हामीलाई पवित्र भूमिमा धर्का कोर्नु अनि मानिसहरूलाई नाध्न नदिनु भननु भयो।”