Exodus 19:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सबै मानिसहरूले एकसाथ मिलेर भने, “परमप्रभुले आज्ञा गर्नुभएको हरेक कुरा हामी गर्नेछौं।” यो कुरा मोशाले परमप्रभुलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सबै मानिसहरूले एकसाथ जवाफ दिए, “याहवेहले भन्‍नुभएका सबै कुराहरू हामी गर्नेछौँ।” यसकारण मोशाले तिनीहरूका जवाफ याहवेहकहाँ आएर सुनाए।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।” त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने।