Exodus 19:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “म बाक्लो बादलभित्र भएर तँकहाँ आउनेछु र मानिसहरूले म तँसित बोलेको सुन्नेछन् र अबदेखि उसो तँलाई विश्वास गर्नेछन्।” मानिसहरूले के उत्तर दिएका थिए, त्यो मोशाले परमप्रभुलाई सुनाए र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, म तँसित कुरा गर्दा मानिसहरूले सुनून् र तँलाई सधैँ विश्वास पनि गरून् भनेर म तँकहाँ बाक्लो बादलमा आउनेछु।” तब मोशाले मानिसहरूले भनेका कुरा परमप्रभुलाई सुनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई भन्नुभयो, “म बाक्लो बादलमा तँकहाँ आउनेछु; मानिसहरूले म तँसित कुरा गरेको सुनून्, र तिनीहरूले सधैँ आफ्ना भरोसा तँमाथि राखून्।” तब मोशाले याहवेहलाई मानिसहरूले भनेका कुरा भनिदिए।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउनेंछु। म तिमीसित बोल्नेछु। मैले तिमीसंग कुरा गरेको सबैले सुन्ने छन्। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैं विश्वास गर्नेछन्।”त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने।