Exodus 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बालक निकै हुर्केपछि तिनले राजकुमारीकहाँ पुर्‍याइन्। राजकुमारीले बालकलाई आफ्‍नै छोरो बनाई काखमा लिइन्। उनले भनिन्, “मैले यसलाई पानीबाट निकालें र म यसको नाम मोशा राख्‍दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बालक ठूलो भएपछि तिनले त्‍यसलाई फारोकी छोरीकहाँ ल्‍याइन्, र त्‍यो तिनको छोरो भयो। तिनले त्‍यसको नाउँ मोशा राखिन्, किनकि तिनले भन्‍थिन्, “मैले यसलाई पानीबाट निकालेकी हुँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ लगिन्, र ऊ तिनको छोरा भयो, र “मैले उसलाई पानीबाट बाहिर निकालेकी हुँ” भन्दै तिनले उसको नाम मोशा राखिन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।