Exodus 2:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस मानिसले जवाफ दियो, “कसले तिमीलाई हाम्रा हाकिम र न्‍यायाधीश खटायो? त्‍यो मिश्रीलाई जस्‍तै मलाई पनि मार्ने?” मोशा डराए र सोचे, “मेरो कुरा मानिसहरूलाई थाहा भएछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले भन्‍यो, “कसले तिमीलाई हाम्रो शासक र न्‍यायकर्ता तुल्‍यायो? त्‍यस मिश्रीलाई मारेजस्‍तो मलाई पनि मार्न चाहन्‍छौ?” तब मोशाले डराएर मनमनै भने, “अवश्‍य यो कुरो फिँजिन लागेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस मानिसले भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो? के तिमीले त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?” तब मोशा डराए, र सोचे, “मैले जे गरेँ, त्यो सबैलाई थाहा भइसक्यो होला!”
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले उत्तर दियो, “कसले तिमीलाई हाम्रो न्यायकर्ता र शासक बनायो? के तिमीले मलाई पनि मार्न लागिरहेकाछौ जस्तो तिमीले त्यो मिश्री मानिसलाई मारेका थियौ?” तब मोशा डराए। उनले सोचे, “मैले के गरेको थिएँ त्यो थाह पाए छ।”