Exodus 2:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै वर्षपछि मिश्रका राजा मरे तर इस्राएलीहरू कमारा काममा पेलिएर अझै कराइरहेका थिए र सहायताको निम्‍ति पुकार गर्न लागे। तिनीहरूको पुकार परमेश्‍वरकहाँ पुग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै दिन बितेपछि मिश्रका राजा मरे। इस्राएली जातिले दासत्‍वको कारण सुस्‍केरा हालेर पुकारा गर्न लागे। दासत्‍वको बन्‍धनमा तिनीहरूले गरेको पुकारा परमेश्‍वरकहाँ पुग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समय बितेपछि इजिप्टका राजा मरे। आफ्ना दासत्वमा इस्राएलीहरूले सुस्केरा हाले; अनि पुकार गर्न थाले। दासत्वको कारण तिनीहरूले सहायताको लागि गरेको चीत्कार परमेश्‍वरकहाँ पुग्यो।
Nepali ERV (पवित्र बाइबल)
धेरै समय बिते पश्चात् मिश्रका राजाको मृत्यु भयो। तर इस्राएलका मानिसहरू अझै कठोर काम गर्नु बाध्य थिए। यसकारण तिनीहरूले सहायताको निम्ति प्रार्थना गरे अनि तिनीहरूको प्रार्थना परमेश्वरले सुन्नु भयो।